
नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजा हुने ओलीपक्षीय समूहका प्रवक्ताको नयाँ जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बालुवाटारमा जारी बैठकले अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
आजकै बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ ।

त्यस्तै ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08