
नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।

बहुमत केन्द्रीय सदस्यको बैठकले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ । बबरमहलमा जारी बहुमत केन्द्रीय सदस्यको बैठकले नेपाललाई अध्यक्ष चयन गरेको हो । नेपाललाई अध्यक्ष बनाउन वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए । खनालको प्रस्तावलाई बहुमतले चयन गरेको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08