
सुदूरपश्चिम सरकारबाट बर्खास्त भएर कारवाहीमा परेका नेकपा कैलालीका नेता दीर्घ सोडारीको कारवाही फुकुवा भएको छ । बहुमत केन्द्रिय सदस्यको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोडारीको कारवाही फुकुवा भएको घोषणा गरेका हुन् ।

प्रचण्डले सम्पूर्ण जिम्मेवारीसहित सोडारीको कारवाही फुकुवा भएको घोषणा गरेको बैठकमा सहभागी एक जना केन्द्रिय सदस्यले जानकारी दिए । कारवाही फुकुवा भएपछि नेकपा कैलालीको अध्यक्ष फेरी सोडारी हुने सम्भावना बढेको छ भने सोडारी प्रदेश मन्त्रीको तयारी पनि गरिरहेका छन् ।
सोडारीको अनैतिक सम्बन्धको विषयमा विवाद बढेपछि उनी मन्त्रीबाट बर्खास्त भएका थिए भने पार्टीले साधारण सदस्यबाट निलम्बन गरेको जनाएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08