
कैलालीमा आफ्नै ३७ वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । ३७ वर्षीया श्रीमती लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका- ७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गणेशले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/17, 1:52
2021/10/30, 11:31
2024/03/04, 4:52