बैतडीका चितुवा पीडित परिवारलाई राहत
2020/12/23, 10:43
 
rahat

बैतडीका चितुवा पीडित परिवारलाई राहत बितरण गरिएको छ । चितुवाको आक्रमणबाट पीडित परिवारले राहत पाएका छन् । मृत्यु भएका परिवार र चितुवा मार्ने क्रममा घाइते भएकालाई स्थानीय शिवनाथ गाउँपालिकाले राहत तथा उपचार खर्च दिएको हो ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिले मृतकका परिवारलाई र घाइते भएकालाई उपचारका लागि नगद सहयोग गर्ने निर्णय गरेसँगै गत कात्तिक २४ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी शिवनाथ गाउँपालिका–४ बगराकी माया महताको परिवारलाई ५० हजार र चितुवा मार्ने क्रममा घाइते भएका चार जनालाई उपचारका लागि जनही २० हजार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

यस्तै किशोरीको ज्यान लिने नरभक्षी चितुवा मार्ने क्रममा घाइते भएका कृष्णसिंह महता, अर्जुनसिंह महता, रामसिंह महता र सुरेन्द्रसिंह महतालाई उपचारबापत २०–२० हजारको चेक प्रदान गरेको छ ।