कैलालीको गोदावरीमा प्रचण्ड–नेपाल समूहले ताला लगायो, ओली पक्षले तोड्यो
2020/12/23, 4:44

नेकपा गोदावरीको पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहले लगाएको ताला ओली समूले तोडेको छ । आज दिउसो गोदावरी नगरपालिका २ बनखेतमा रहेको कार्यालयमा प्रचण्ड–नेपाल समूहले तालाबन्दी गरेको थियो भने आज नै ओली पक्षका कार्यकर्ताले तोडेका हुन् ।

केन्द्रमा नेकपा विभाजन हुन थालेपछि जिल्ला तहमा पनि पार्टी कार्यालय कब्जा गर्न थालिएको छ । यसअघि हिजो मात्रै प्रचण्ड–नेपाल समूहले नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालय र कैलाली जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/17, 1:52
2021/10/30, 11:31
2024/03/04, 4:52