
नेपाल प्रजातान्त्रिक महासंघ सूचना, प्रविधि तथा प्रचार बिभागको कैलाली शाखाको संयोजकमा गगन अयडी चयन भएका छन् । प्रेस युनियन कैलालीका सदस्य, फोटो पत्रकार महासंघका उपाध्यक्ष तथा खेलकुद पत्रकारिता मंचका सदस्य अयडीलाई संयोजकमा चयन गरिएको हो ।

नेपाल प्रेस युनियन सदस्य एवं स्वास्थ्य पत्रकार मंच सुदूरपश्चिमका संयोजक शेरबहादुर ऐरलाई सचीवमा शुक्रवार मनोनयन गरिएको महासंघको सूचना, प्रविधि तथा प्रचार बिभाग केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन् । बिभागको कैलाली शाखामा सदस्यहरुमा कुसुम धामी , रतनलाल चौधरी, राजकुमार साउँद, विवश चौधरी, चन्द्रप्रसाद खनाल, पुष्कर पौडेल, बिरेन्द्र शाह, महादेव गिरी र नरेन्द्रप्रसाद चौधरीलाई मनोनयन गरिएको सूचना, प्रविधि तथा प्रचार बिभाग सुदूरपश्चिम संयोजक दीपेन्द्र बस्नेतले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10