
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । जसअनुसार कैलालीबाट विजयी प्रतिनिधिसभा सदस्य गौरीशंकर चौधरीलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिईएको स्रोतको दावी छ । चौधरी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा कृषि मन्त्री थिए । यस्तै श्रममन्त्रीको जिम्मेवारी प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामालाई जिम्मेवारी दिईएको स्रोतको दावी छ ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ । प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10