विदेशबाट फर्किएका धनगढीका युवा हेम भट्टले धनगढीमा डि एण्ड डि गार्डेन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । धनगढीको शिवनगरमा उनले केही समय अघिदेखि डि एण्ड डि गार्डेन नाम रेष्टुरेन्टलाई सञ्चालनमा ल्याएका हुन् । तर उनको सपनाले अझै मुर्त रुप लिएको छैन् । युरोपको मस्त जीन्दगीलाई छोडेर आफ्नै ठाउँमा केही गरौ भन्ने तर्फ उनका पाईलाहरु अघि बढिरहेका छन् ।
उनको यो सपना साकार बनाउनका लागि जीवनभर सँगै साथ दिने दुःख सुखमा साथ दिने वाचा गरेकी उनकी श्रीमति निर्मला पनि त्यत्तिक्कै लागेकी छिन् । पढाईले नर्स अस्पतालमा काम गरेको अनुभव पनि काम पनि पाईनै रहेको थियो । तर उनलाई जागीर भन्दा पनि श्रीमानको कामलाई उनी जस्तै माया गरिन् र उनकै पाईलासँग पाईला मिलाउँदै दुबै जना अगाडी बढिरहेका छन् ।
धनगढीको शिवनगर अगाडी उनको आफ्नै जग्गा थियो चार कठ्ठा । त्यो पनि मुख्य सडकसँगै जोडिएको । त्यही जग्गामा संरचना बनाएर भाडामा लगाएको भए महिनामा घर बसि बसि लाखौं रकम कमाउनलाई गाहे छैन् । तर उनले कामलाई बढी प्राथमिकता दिए । आफ्नै जग्गालाई सदुपयोग गरेर काम किन नगर्ने ? घर परिवारका बुबा आमासँग सल्लाह गरे । श्रीमति निर्मलालाई आईडिया र प्लान सुनाए । अनि कल्पनामा तयार भयो डि एण्ड डि गार्डेन रेष्टुरेन्ट ।
जग्गा भएर मात्रै के गर्नु ? कस्तो किसिमको सेवा दिनु ? के कस्ता संरचना बनाउनु ? धेरै दिनसम्म हेमसँगै निर्मलाका दिमागतिर यी बिषयहरु घुमिरहे । आफ्नै नाम वा श्रीमतिको नाम राखेर रेष्टुरेन्ट चलाउनुभन्दा बरु जन्म दिन बुबा आमालाई सम्मान किन नदिने भन्ने सल्लाह भयो । बुबा डि अर्थात धर्म र आमा डि अर्थात धनाका नामको पहिलो अग्रेंजी अक्षरबाट खुल्यो रेष्टुरेन्ट ।
भट्ट दम्पतिको मन खलबलिन अझै रोकिएन् अब के के परिकार दिने त । अन्य रेष्टुरेन्टमा दिने जस्तै दिने की केही फरक पनि गर्ने ? रेष्टुरेन्टका लागि ठुलो जग्गालाई किन सदुपयोग नगर्ने भन्ने कुराले दुबै बुढाबुढीको दिमाग नै खराब भयो । तर पछि त्यो टुंग्याउन पनि धेरै समय लागेन् । अहिले त्यही कल्पनाको ईमेजलाई अब वास्तविकतामा कसरी उतार्ने भन्ने चुनौती र समस्या पनि भोगेका छन् उनीले ।
कल्पनालाई यथार्थतमा उतार्ने काम भयो । रेष्टुरेन्टका लागि भवन बन्यो । टेबल कुर्सी चाहेको र रोजेको स्टाईलका राखिए । डि एण्ड डि ले दिईरहेको सेवाको बारेमा थाहा हुन थाल्योे । ग्राहकहरु माया गरेर आउन थाले । आउनेहरु पनि अधिकांश हेमकै उमेरका साथीहरु, आफन्त र चिनजान भएका साथीहरु । काम सुरु गरेसँगै सुझाव पनि आउन थाले । सही लागेकालाई मनन् गर्दै त्यही हिसाबले अहिले पनि रेष्टुरेन्टको खाका पुरै तयार भएको छैन् । सल्लाह अनुसार हेर्दै मिलाउँदै अगाडी बढिरहेका छन् ।
खाली रहेको जमीनलाई हरियो पतलो कपडाले बेरेका छन् । खाली जमीनमा माटो भरान गरिसके । अब गार्डेन निर्माणको काम अघि बढ्दै छ । क्याबिनहरु पनि गार्डेन छेउछाउ थपिने छन् । मिलिहाल्यो भने आकाशतिर पानी फालिरहने कृत्रिम झरना पनि राख्न सकिने मेसो मिलाउँदैछन् । क्याम्प फायरको सेवा सुरु भईसकेको छ । बारबिक्कूको सेवा पनि सुरु हुन नै लागेको छ । केही महिनाभित्र डि एण्ड डि गार्डेन रेष्टुरेन्टको महुार फेर्नलाई निकै सक्रियाका साथ अगाडी बढेका छन् हेम । अनि साथमा सँगसँगै छिन् उनकी श्रीमति निर्मला ।
३२ बर्षीय हेमलाई अब विदेश जाने मोह छैन् । उनी युरोपको आयरल्याण्डमा झण्डै ५ बर्ष काम गरे । झण्डै दुई बर्षमा सिंगारमा पनि काम गरे । सिंगापुरमा त उनको आउने जाने क्रम निकै बाक्लिएको थियो । युरोपको बसाईमा उनले होटेल र रेष्टुरेन्टमा काम गरे । अनुभव बद्ले । पैसा पनि नकमाएका होईनन् । तर उनले खर्च पनि दिल खोलेर नै गरे । युरोप बसाईमा संसारका अन्य देशका ढोकाहरु पनि नखुलेका होईनन् उनका तर उनलाई जान मन लागेन ।
बरु आफ्नै घरमा बसेर आफ्नै देशमा केही गरौं भनेर नेपाल फर्किए । धेरै समय त उनी त्यत्तिक्कै खाली बसे । कोरोनाले पनि उनलाई काम थालौं की नथालौं भन्नेमा दुविधा पार्यो । अहिले आएर उनको सपना मुर्त रुपको प्रक्रियामा अगाडी बढिरहेको छ । डि एण्ड डि गार्डेन रेष्टुरेन्टलाई फरक र छुट्टै बनाउने भट्ट दम्पतिको कोसिस रहनेछ । यहाँका कुनै पनि खाद्य परिकारहरुमा अजिना मोटोको प्रयोग हुदैंन । माछा मासुजन्य परिकारहरु बोसो रहित हुन्छन् । प्रयोग हुने मरमसला घरकै प्रयोग हुन्छ । यसलाई ग्राहकहरुले रुचाईरहेका छन् । यसमै बुढाबुढी दंग छन् ।
प्रायः सबै रेष्टुरेन्टहरुमा पाईने परिकारहरु नराखेको होईन ती पनि छन् । आफ्नो पनि छुट्टै पहिचान बनाउन भनेर केही परिकारलाई उच्च प्राथमिकतामा राखेर व्यवसायतिर पाईला लम्काईरहेका छन् उनीहरु । डि एण्ड डि गार्डेन रेष्टुरेन्टले धनगढीमै नमुनाको रुपमा ओपन मःमः को परिकार दिन थालेका छन् ।
स्पाईसी चिकनको स्वाद लिनेहरु पनि लिईरहेका छन् । लोकल कुखुराका परिकारहरु लगायतका परिकारहरुको स्वाद लिईरहेका हुन्छन । यसमा सिंगापुरमा रहेकी दिदी पल्लवी भट्टको पनि सधैं सल्लाह सुझाव र साथ रहेको छ । घर परिवारका सदस्यहरुले पनि होष्टेमा हैसे गरिरहेका छन् ।