
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ५० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २८१ नमूना परीक्षण गर्दा ८ महिला र ४२ पुरुष गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकामा २७ जना रहेका छन् ।
कैलालीको गोदावरीका ७ जना, गौरीगंगा नगरपालिकामा र टिकापुरका ३/३ जना,कैलालीको स्थानीय तह नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कञ्चनपुरको भीमदत्तका तीन जना, पुर्नपवास र कृष्णपुरका एक/एक जना, दोधारा चाँदनी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10