
नेपाल भ्रमणमा आएको चिनियाँ टोली राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितलनिवास पुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास पुगेको हो ।
येचौ नेतृत्वको टोली आज (आइतवार) दिउँसो एयर चाइनाको विमानमार्फत् नेपाल आएको थियो ।

चिनियाँ टोलीले राष्ट्रपति भण्डारीसँगको भेटघाटपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/20, 12:42
2020/08/28, 7:33
2021/08/13, 2:15
2022/05/26, 2:12
2023/03/22, 11:48