
कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर–४ शान्तिपुरमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो । बेलौरी नगरपालिकाको वडा नम्बर १० का २५ वर्षीय बहादुर रानाको ट्रयाक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेलौरी–कलुवापुर सडकखण्डमा सु प प्र ०१–००२ त ४१७३ नम्बरको ट्रयाक्टरबाट खसेका रानाको धनगढीको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
चालक बेलौरी नगरपालिका –१० भूडाकै २३ वर्षीय महेश रानालाई नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/19, 10:29
2021/08/19, 2:15
2022/06/06, 5:10
2023/09/01, 1:22