
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधिसभा बिघटनसम्बन्धी गर्ने फैसला कुर्ने बताएका छन् । उनले अदालतले फैसला नगरुञ्जेल काँग्रेसले थप निर्णय नलिने समेत बताए ।

नेपाली काँग्रेसले आज देशभरका १६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध गरेको प्रदर्शनका क्रममा भक्तपुर क्षेत्र नम्बर २ मा बोल्दै देउवाले भने,‘काँग्रेस कानुन मान्ने पार्टी हो, अदालतमा विचाराधीन मुद्दामा यो या त्यो गर भन्दैन ।’ देउवाले प्रधानमन्त्री ओलीको संसद बिघटन गराउने कदमलाई असंवैधानिक भने । उनले काँग्रेसले अदालतको आदेशको समेत पालना गर्ने बताए ।
सर्वोच्च अदालतमा संसद बिघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाश गठन भएको । यसबारे सुनुवाई चलिरहँदा देउवाको पछिल्लो भनाई आएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08