
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना हुदा चालक सहित ६ जना घाइते भएका छन् । बझाङबाट बाजुरा सदरमुकाम मार्तडी जाँदै गरेको से १ ज १०५८ नम्वरको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका हुन् । ब्रेक फेल भएर खप्तड छेडेदह गाउँपालिकाको वडा न ६ लमगाउँमा जीप दुर्घटना भएको हो ।

घाइते भएका खप्तड छेडेदह गाउँपालिका वडा न ६ का ३० बर्षीय दिनेश गन्दर्भको अवस्था गम्भिर रहेको उनलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लैजाने तयारी भएको छ । चालकसहित अन्य ५ जना सामान्य घाईते छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/06, 11:37
2022/06/03, 12:03
2023/08/18, 2:41