

जितसँगै एट्लेटिको मड्रिडले ला लिगा फुटबलको शीर्ष स्थानमा बस्दै यस वर्षको अन्त्य गरेको छ । बुधवार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
एट्लेटिकोको जितमा लुईस सुआरेजले विजयी गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका हुन् । शीर्ष स्थानको एट्लेटिकोको ३५ अंक भएको छ । एट्लेटिकोले दोस्रो स्थानको रियलसँग २ अंकको अग्रता लिएको छ ।

गेटाफे १७ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/11, 1:06
2022/05/20, 5:30
2020/07/15, 6:56
2023/01/27, 12:43