
शरीरमा लगाएको गहना लुट्नका लागि एक बुद्धाको हत्या गरेको खुलेको छ। कञ्चनपुर पुर्नवास नगरपालिका वडा नम्बर १ ढक्का बस्ने ७१ वर्षीय खण्टी भुलको हत्या भएको हो। प्रहरीले हत्या गरेको अभियोगमा कैलाली मोहन्याल गाउँपालिका वडा नम्बर ५ घर भएका ४९ वर्षीय दलबहादुर बिकलाई नियन्त्रणमा लिएको छ।

पुस ११ गते राति ११ बजे घरमा एक्लै बसेको मौका छोपी धारिलो हतियारले मुख, टाउको र अनुहार समेतमा प्रहार गरी बिकले हत्या गरेर नाक, कान र घाटीमा लागाएका सुनका गहना झिकेर फरार भएका थिए। प्रहरीले बिकको घरबाट सुनको मुन्द्रा दुई थान, तिलहरी १ थान र हत्या गर्न प्रयोग भएको हतियार समेत बरामद गरेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/19, 10:29
2021/08/19, 2:15
2022/06/06, 5:10
2023/09/01, 1:22