
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएका छन्। नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले पौष २४ गते शुक्रवार कैलाली जिल्लाको धनगढीको खुल्ला मञ्चमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी आउने भएका हुन्।

अहिले नोपल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड-माधव नेपाल समूहमा विभाजित छ। प्रचण्ड-नेपाल समूह नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठकले सुदूरपश्चिम अध्यक्ष कर्ण थापा र कैलाली अध्यक्ष रतन थापालाई कारवाहीका लागि सिफारिस गरेको थियो।
सुदूपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी, रतन थापा, पठान सिंह बोहरा र लिलाधर भट्ट रहेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08