बाख्रापालनमा तेजको रफ्तार !
2021/01/03, 7:34
 
bakra

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ डी गाउँका तेजप्रसाद तिवारीले व्यवसायिक रूपमै बाख्रापालन थालेका छन् । चार वर्ष मलेसियामा काम गरेका उनले कोरोना महामारीको बीचमा स्वदेश फर्किएर बाख्रापालन थालेका हुन् । विदेशमा लामो समय दुःख गरेका तिवारीले अब स्वदेशमै व्यवसाय गर्ने र घर परिवारसँग बस्ने सोच बनाएका छन । झण्डै सात लाख बढी लागतमा बाख्रापालन थालेका उनले यसलाई भविष्य मान्दै व्यावसायिक रूप दिन विस्तार पनि गरिरहेका छन् । 

1

मासुको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी  खोर निर्माण गरी व्यवसाय सुरु गरेको उनको भनाई छ । ‘राम्रो हुँदै गएको छ । यो व्यवसायलाई विस्तार गर्नका लागि ऋण लिने प्रक्रियामा पनि अगाढी बढेको छु ।’ तिवारीले भने– ‘थप बाख्राहरु राख्नुका साथै बोयर बोका पनि ल्याउने योजना छ । बजारको कुनै समस्या पनि छैन् । अब विदेश यही बनाउँछु ।’  

1

लकडाउनको समयमा स्वदेश फर्किएका तिवारीलाई बाख्रापालन गर्न डिमेघा कैलालीले सञ्चालन गरेको ‘कोभिड–१९ प्रभावितका लागि सामाजिक आर्थिक रिकभरी परियोजनाले सहयोग गरेको हो । युएनडिपीको आर्थिक सहयोग तथा धनगढी उपनगरपालिकाको समन्वयमा डिमेघा कैलालीद्धारा सञ्चालन भएको परियोजनामा ५ दिने उद्यमशीलता तालिम लिएपछि उनी बाख्रापालनतिर लागेका हुन्  । ‘तालिम पश्चात बाख्रापालन गर्न थप ५ दिने सीप विकास तालिम दिईयो । दुवै तालिम लिएपछि म यो व्यवसायतिर लागेको हुँ । म भित्रको काम गर्ने क्षमतालाई तालिमले उजागर गर्न मदत्त मिलेपछि मलाई व्यवसायिक बाटोमा अघि बढ्न सहयोग गरेको छ । अब पुरै जीन्दगी बाख्रापालनमै बित्छ की जस्तो लागेको छ ।’–तिवारीले भने । 

1

यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपयोग हुने भएकाले यसलाई व्यवसायिक रूप दिन थालेको तेज बताउँछन् । अन्य व्यवसायभन्दा सजिलो, थोरै मिहिनेतमा धेरै आम्दानी लिन सकिने भएका कारण बाख्रापालनमा लागेको बताउने उनीले केही बाख्रा बेचेर आम्दानी समेत गरिसकेका छन् । उनले विदशेबाट कमाएको केही र बाँकी ऋण लिएर बख्रापालन गरेका छन् । घोर पनि नमुनाकै रुपमा बनाईएको छ । खोर बरिपरि ता जालीले घेरेर बाख्राहरु त्यसकै भित्र राखिएको छ । उनीहरुलाई आवश्यक दानापानी पनि त्यही भित्र गएर हाल्न सकिन्छ । खसी बोकाहरु हुर्किरहेको र हुर्काउन बाँकी छ । तर पनि किन्ने मान्छेहरु आईरहेको तिवारीको भनाई छ ।