नेकपा बैतडीका अध्यक्ष पालका छोराको मोटरसाइकल दुर्घटना, हेलिकोप्टरमार्फत उद्धार
2021/01/03, 2:44

मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपाका केन्दीय सदस्य तथा बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा योगेश पाललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । आइतबार बिहान गोकुलेश्वर–गन्ना सडकखण्डको डिलाशैनी गाउँपालिका ३ झरनामा पाल दुर्घटनामा परेका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले डिलाशैनी गाउँपालिका ३ पंसेराबाट गन्ना तर्फ गइरहेका बेला पालले चलाएको बा ८० प ६५०२ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको बताए ।

मोटरसाइकल सडकमै रहेको र पाल सडकबाट २ सय मिटर तल खसेको अवस्थामा फेला परेका हुन् । प्रहरी नायव उपरीक्षक अधिकारीले छाती र टाउकोमा चोट रहेका पालको अझै होस खुल्न नसकेको बताए । पाललाई माउन्टेन एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पतालमा थप उपचारका लागि लगिएको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11