बैतडीमा एक शिक्षकको मृत्यु
2021/01/03, 11:38
 
death

बैतडीमा एक शिक्षकको मृत्यु भएको छ।जिल्लाको सिगास गाउँपालिका वडा नं ९ चौखामका अन्दाजी ५५ बर्षिय प्रेम सिंह धामीको मृत्यु भएको हो।

बनबाट काठ काटेर फर्किने क्रममा लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।  उनी आज आइतबार दिउँसो काठ काट्न गाउँकै स्थानीय बन -कानली गएका थिए। उनको साझ ६ बजे मृत्यु भएको अवस्थामा शव फेला परेको स्थानीय राजेन्द्र धामीले बताए।धामी सिगास ९ अन्तर्गतको शंकरपुर आधारभुत बिधालयका शिक्षक हुन्।

उनी आज आइतबार दिउँसो काठ काट्न गाउँकै स्थानीय बन -कानली गएका थिए। उनको साझ ६ बजे मृत्यु भएको अवस्थामा शव फेला परेको स्थानीय राजेन्द्र धामीले बताए।  धामी सिगास ९ अन्तर्गतको शंकरपुर आधारभुत बिधालयका शिक्षक हुन्।