
नेकपा ओली समूहका सुदूरपश्चिम संयोजक तथा उद्योग मन्त्री लेखराज भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन् ।

‘संस्थापन पक्ष छ, यस्ले कसैलाई बदलिहाल्ने र कसैसंग गठबन्धन गरिहाल्नेबारे सोचेको छैन्,’ उनले भने, ‘उहाँहरुले के गर्नुहुन्छ र कस्ता क्रियाकलपा गर्नुहुन्छ । त्योलाई गम्भिरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेका छौ । छिट्टै स्थायी समितीको बैठक बस्छ । त्यस्ले कस्तो कदम चाल्नेबारे निर्णय गर्छ।’ उनले मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कार विपरित काम गरेको बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19