
कञ्चनपुरको सीमा क्षेत्रमा गाेली चलेकाे छ । गोली लागेर एक जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रवत्ता अमर बहादुर थापाले बताए ।

सीमा क्षेत्रमा गाेली चलेकाे खबर प्राप्त भएपछि प्रहरी टाेली परिचालन गरिएकाे उनले बताए। भारतीय एसएसबी वा वन रक्षकले गाेली चलाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09