कैलालीको त्रिनगर नाकाबाट साढे ३७ हजार नेपाली भित्रिए, ३६ हजारको कोरोना परिक्षण नै भएन्
2020/05/31, 7:48

कैलालीको त्रिनगर नाकाबाट साढे ३७ हजार नेपाली भित्रिएका छन् । जेठ दुई गतेदेखि हालसम्म साढे ३७ हजार नेपाली भित्रिएका हुन् । १३ दिनको अवधिमा ३७ हजार ६ सय ४१ ज्नाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

नेपालीहरु उद्धार त्रिनगर नाकाबाट आउने क्रम अझै जारी रहेको छ । यो संख्या अझै बढ्ने प्रवक्ता बस्नेतले बताए । शनिवार मात्रै चार हजार दुई सय ७ जना भित्रिएका छन् । शनिवार उद्धार गरिएका कसैको पनि परिक्षण हुन नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २, ३ र ८ गते एक हजार चार सय ५० जनाको र्यापिड टेस्ट गरिएकोमा बाँकी ३६ हजार बढीको र्यापिड टेस्ट समेत भएको छैन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54