
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश प्रमुख विमानस्थल पुगेकी थिईन् । प्रदेश प्रमुख शर्मिला पन्तले विमानस्थल पुगेर प्रधानमन्त्री ओलीलाई प्रदेशमा स्वागत गरेकी हुन् । प्रदेश प्रमुख पन्तसंगै कैलालीका प्रमुख जिल्ला अधिकारी यत्रराज बोहरा, सुरक्षा निकायका प्रमुख र नेकपाका नेताहरु विमानस्थल पुगेका थिए ।

ओलीको स्वागतका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेशका अन्य चार जना मन्त्री भने विमानस्थल गएका थिएनन् । मुख्यमन्त्री भट्टका स्वकियसचिव शिवसिंह ओलीले प्रधानमन्त्रीको कार्यक्रमबारे जानकारी नै नभएकोले स्वागतमा मुख्यमन्त्री नगएको बताए । जिल्ला प्रशासन कार्यालयको आग्रहमा मुख्यमन्त्रीले प्रधानमन्त्रीका लागि गाडी भने पठाएका थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09