‘धनगढीमा नयाँ स्वादका लागि घराना चुलो’ 
2021/01/09, 12:56
 
gharana

धनगढीमा नुनदेखि सुनसम्म पाईने थुप्रै पसल तथा सपिङ सेन्टर छन् । फरक फरक किसिमका र आवश्यकता अनुसार किनमेल गरिसकेपछि भोक मेटाउने व्यवस्थित रेस्टुरेन्ट तथा फाष्टफुड सेन्टर पाउन भने मुस्किल नै । त्यो पनि पारिवारिक वातावरण भएको । धनगढीमा भोक मेटाउने र नयाँ तथा हाईजेनिक स्वाद लिनका लागि उपयुक्त गन्तव्यको अभाव देखेर नै युवा व्यवसायी योगेन्द्र चन्द र राकेश विक्रम चन्द मिलेर धनगढीको हसनपुरमा कैलाली जिल्ला खेलकुद विकास समितिको नवनिर्मित भवनमा घराना चुलो सञ्चालनमा ल्याएका छन् ।

2

पारिवारिक वातावरण सहितको यो क्याफे खुलेको धेरै भएको छैन् । ‘छोटो समयमा नै हामीले धेरै ग्राहकका मन जितेका छौँ । ग्राहकको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित भएका छौँ ।’ सञ्चालक मध्येका एक जना योगेन्द्र चन्दले भने । योगेन्द्रका लागि रेष्टुरेन्ट तथा क्याफे व्यवसाय नयाँ हो । तर यसको व्यवस्थापनको काम चितवनको अटालीले गरिरहेको छ । अटालीका प्रबन्ध निर्देशक एलिस चन्द आफै यसको व्यवस्थापन प्रत्यक्ष रुपमा हेरिहेका छन् । अटाली चितवनमा रेष्टुरेन्ट क्षेत्रमा उत्कृष्ट स्वादका लागि चर्चित रहेको छ । यसलाई सञ्चालन गर्नमा योगेन्द्रका दाई दिपेन्द्र र राकेशका दाई राजुले पनि साथ दिईरहेका छन् । दिपेन्द्रलाई रेष्टुरेन्ट व्यवसायको राम्रो अनुभव छ । उनी ७ बर्ष अष्ट्रेलियामा होटेल क्षेत्रमै काम गरेर धनगढी फर्किएका हुन् । 

2

धनगढीको व्यस्त बजार क्षेत्रमा खाना तथा खाजाका लागि पारिवारिक र आकर्षक रेस्टुरेन्टको अभाव देखेरै घराना चुलो  सञ्चालनमा ल्याएको अर्का सञ्चालक राकेश विक्रम चन्दले बताए । ‘हरेक सेक्टरमा धनगढीले फड्को मारिरहेको छ । हामीले त्यसका रेस्टुरेन्ट सञ्चालन गर्ने निर्णय गर्दा अहिलेको अवस्थामा आईपुग्दा सही साबित भएको छ ।’ राकेशले भने– ‘धनगढीमा परिवार सहित दिल खोलेर खाजा खाने ठाउँ थिएन, ल निकै राम्रो रेस्टुरेन्ट खुलेछ भनेर ग्राहकहरु आउने गरेका छन् । हाम्रो सेवा र हामीले दिने परिकारहरुलाई ग्राहकहरुले पनि निकै रुचाईरहनु भएको छ ।  ग्राहकले रेष्टुरेन्टको आन्तरिक वातावरण र खानाको स्वाद दुवै मन पराइदिनुभएको छ ।’

2

संगीतको धुनको साथमा विभिन्न परिकारको मज्जा लिन सकिने चुलोमा फोटो पनि खिच्ने व्यवस्था रहेको छ । फोटो खिच्नकै लागि एक जना क्यामेराले काम गरिरहेका छन् । चुलोमा पुगेका जो कोही ग्राहकले आफुले चाहेको जस्तो फोटो खिच्छन् पाउँछन् । दिनको दुई बजेदेखि रातीसम्म खिचिएका ती फोटोहरु घराना चुलोको फेशबुक पेजमा अपलोड गर्ने गरिएको छ । आवश्यक परेमा ग्राहकहरुलाई पनि पठाउने गरिएको छ । घराना चुलोलाई सिसि क्यामेराको निगरानीमा राखिएको छ ।

2

एक पटकमा ७० जनासम्म बढी अटाउने घराना चुलोमा थकाली खानालाई पहिलो प्राथमिकता दिईएको छ । त्यसैगरी नेपाली खाना सेटदेखि चाईनिज, इन्डियन र कन्टिनेन्टल खानाका स्वाद घराना चुलोमा लिन पाईन्छ । थकाली खानामा लोकन चिकन र मटनको स्वाद लिने ग्राहकहरुको घुँईचो लागिरहेको सञ्चालकहरु बताउँछन् ।

2

चुलोले धनगढीमा अन्यत्र नपाउने विशेष परिकारहरु पनि ग्राहकहरुलाई चखाईरहेको छ । चिकन ब्ल्याक पेपे, डेविल विंग्स, टीमुर चिकन, चिल्ली चिकन उईथ मे, ग्रिल मसरुम चिल्ली, ओनिओन्स रिंग्स र तन्दुरी घराना चुलोका स्पेशल परिकारहरुमा पर्छन् । चुलोको विशेष महत्वको परिकारका रुपमा पिज्जा पनि रहेको छ । फरक आकार र स्वादमा घराना चुलोले पिज्जाको स्वाद दिईरहेको छ ।  ‘पपुलर खाजाको आइटमलाई फरक तरिकाले पस्किँदा खानाका पारखीले अझै बढी रुचाउँछन् ।’ सञ्चालक योगेन्द्र चन्दले भने– ‘मःमः त सबैतिर पाईने र धेरैले रुचाउने खाजा हो । तर, फरक तरिकाले मःमः पस्किँदा ग्राहकले ईन्जोए गरेर खाने गर्छन् । सरसफाई र गुणस्तरमा विशेष ध्यान दिने गरिएकोले पनि हाम्रा परिकारहरुमा ग्राहकहरुको जिब्रो लागेको छ  ।’ घराना चुलोले होम डेलिभरी तथा मिटिङका लागि लन्च प्याकेट पनि उपलब्ध गराउँछ । चुलोमा कार्यक्रम आयोजना गर्नका लागि पनि हल निर्माण थालिएको छ । 

1

घराना चुलोको अर्को बिशेषता भनेको फरक डेकुरेसन पनि हो । धनगढीमा युनिक क्याफेको रुपमा पहिचान बनाउनका लागि यसको ईन्टेरियल डेकुरेसनको काम पनि व्यवस्थापन गरिरहेको अटालीले नै गरेको हो । हालसम्म चुलोमो डेढ करोड लगानी भईसकेको छ । पुराना चिजहरुबाट आकर्षक सजावट र सल्लाको काठबाट बनाईएको छ । वीरगंज र भारतबाट डिजाईनरहरु ल्याएर घराना चुलोलाई सजाईएको हो ।  

2

2