‘केपी शर्मा ओलीले संकटकाल लगाउन सक्छन्’: पन्त
2021/01/09, 6:48
 
pant

काँग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले ओली सरकार अधिनायकवादको बाटो हिडेको बताएका छन्।  व्यक्तिगतका स्वार्थका कारण प्रतिनिधि सभा विघटन गराएको भन्दै पन्तले अझै पनि आफु अनुकुल परिस्थिति नआए प्रधानमन्त्री ओलीले अझै अप्रिय कदम चाल्न सक्ने भन्दै सचेत रहन आह्वान गरेका हुन्।

नेपाली काँग्रेस कैलालीको क्षेत्र नं ५ले धनगढीमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै सांसद पन्तले भने,‘प्रतिनिधि सभा विघटनपछि हाल सबैको ध्यान सर्वोच्च अदालतप्रति केन्द्रीत छ। केपी ओलीको प्रभाव न्यायलयमा प्रभाव पर्ने देखिएको छ। संसद पनुर्बहाली भयो भने राम्रो होला। तर केपी शर्मा ओलीले संकटकाल लगाउन सक्ने भन्ने हामीले सोचेका छौ।’

प्रधानमन्त्री ओलीले राजनीतिक ‘कु’ गरेको बताउँदै उनले संकटकाल लगाए आफुहरुलाई जेल नेल हुन सक्ने भन्दै सामनाको लागि तयारी बस्नुपर्ने बताए।