लक्ष्मी सहकारीको ११ औं साधारण सभा सम्पन्न, शेयर पुँजी साढे १ करोड बढी
2021/01/09, 7:03
 
laxmi

धनगढीस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी १ करोड ६४ लाख ३६ हजार ५ सय रुपैयाँ रहेको छ। विभिन्न उतावचढावका बीच २०७६/७७ सम्म आई पुग्दा सो सहकारीको उक्त पुँजी रहेको हो। शनिवार सम्पन्न ११ औं साधारण सभामा सो कुरा जानकारी दिएको हो। 

सहकारी संस्थाका अध्यक्ष राकेशमान कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेडका सल्लाहकार समिति संयोजक भोजबहादुर बम प्रमुख अतिथी रहेका थिए। उनले सहकारी संस्थाले आगमी दिनमा कृषितर्फ लगानी गर्नुपर्नेमा जोड दिए। सहकारी संस्थाले बचत गर्ने मात्र होइन, उनले भने,–‘ सहकारी संस्थाले गर्दा विश्वको अर्थतन्त्रमा राम्रो फड्को मारेको छ, हाम्रो देश कृषि प्रधान भएकाले पुँजीलाई उत्पादसँग जोडेर कृषिमा लगानी गर्नुपर्छ।’

नेपालमा अहिले पनि खाद्यान्न लगायतका खाद्य सामग्रीहरु बाहिरबाट आयात भइरहेको बताउँदै उनले भने,‘कृषिमा भइरहेको खाद्य संकट टार्न र किसानलाई कृषिमा उत्प्रेरणा जगाउन पनि सहकारीले कृषि क्षेत्रमा लगानी लगाउनु पर्ने समय आएको छ’।उनले लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बचत र लगानी राम्रो गरेको भन्दै प्रशंसा गरे। साधारण सभाका विशिष्ट अतिथी धनगढी उपमहानगरपालिकाको सहकारी फाँटका प्रमुख हरिसिंह साउँदले सहकारी संस्थाका समयको माग अनुसारको सेवा सुविधा दिनुपर्नेमा जोड दिए।

बर्षभरि उत्कृष्ठ कार्य गरेको भन्दै कर्मचारी सुरेश कुमार कुँवर र बजार प्रतिनीधि लक्ष्मी चौधरीलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो। प्रमुख अतिथी बमलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। सहकारी संस्थाका अध्यक्ष राकेशमान कर्माचार्यले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने लेखा समिति सुरेश राजलवटले आव २०७६/७७ को आन्तरिक लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए। 

सञ्चालक समितिका सदस्य निर्जन श्रेष्ठले गरेको स्वागत कार्यक्रममा धन्यवाद ज्ञापन सदस्य पदमबहादुर सिंहले गरेका थिए। विस २०६७ असोजमा ५० जना शेयर सदस्यबाट स्थापनाकालमा २५ लाख शेयर पुँजीबाट सुरु गरेको सहकारीले विगतको बर्ष झै यस बर्ष पनि ३३ लाख ७५ हजार ५ सय २४ रुपैयाँ नाफा गरेको छ। सहकारीले आर्थिक वर्ष २०७८/७९ मा शेयर पुँजी २ करोड २५ लाख पुर्याउने लक्ष्य लिएको छ।

सहकारीको बचत तर्फ ११ करोड ६५ लाख ८२ हजार रहेको छ। कोरोनाका कारण सहकारीका शेयर सदस्यहरुको व्यापार व्यवसायमा नकरात्मक असर परेको र ऋणी सदस्यले व्याज तथा किस्ता तिर्न नसकेको भन्दै ५ देखि १० प्रतिशत व्याजमा छुट गर्ने व्यवस्था गरेको छ।