‘धनगढीको सभा पञ्चभेला जस्तै’
2021/01/10, 11:35
 
death

नेकपाको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिरहेका भेला ‘पञ्चभेलाजस्तै’ भएको बताएका छन्। पञ्चले पनि अन्तिम अवस्थासम्म पञ्चायती व्यवस्था कसैगरी पनि यताउता नहुने भन्दै भेला गर्ने गरेको र अहिले ओलीले गरेको भेला पनि त्यस्तै भएको नेता खनालको दाबी छ। 

काठमाडौंमा शनिबार नेकपा दाहाल–नेपाल समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा दिएका हुन्।  ‘हिजो धनगढीमा जुन प्रकारले भेला भयो, त्यो पञ्च भेलाजस्तो मात्रै हो। पञ्चभेलाको चरित्रभन्दा अहिले केही पनि फरक छैन। बस रिजर्भ गरेर मान्छेलाई पैसाको प्रलोभन  देखाएर भेला गर्ने काम भएको छ’, खनालले भने, ‘पाँच हजारभन्दा बढी त त्यहाँ प्रहरी मात्रै उपस्थित थिए।’

गृहमन्त्री रामबहादुर थापा अहिले भ्रममा परेर ओली समूहतिर लागे पनि अन्तिममा आफूतिरै आउने दाबी उनले गरे। भने, ‘कतिपय साथी अलमलिएर पनि जानुभएको छ। यो गुट र पार्टीका बीचमा अन्तरविरोध खडा भएको छ। यसलाई राम्रो ढंगले फस्र्योट गर्नुपर्छ।’

उनले प्रधानमन्त्री ओलीले संविधानमै नभएको प्रतिनिधिसभा विघटनको काम गरेको बताए। संविधान निर्माणका क्रममा  संविधानसभाभित्र धारा ७६ बनाउने बेला छलफलमा अनेकौं घण्टा बिताएको र यो कुरा हाल प्रधानमन्त्री ओलीका महान्यायाधिवक्ता रहेका अग्नि खरेल र तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई राम्रैसँग जानकारी रहेको खनालले बताएका थिए।

‘धारा ७६ फाइनल गर्दा मात्रै हामीले अनेकौं घण्टा बिताएका छौं। यो कुरा सुवास नेम्बाङलाई थाहा छैन रु यो कुरा महान्यायाधिवक्ता अग्नि खरेललाई थाहा छैन रु थाहा छ, उहाँहरूले विभिन्न वक्ताव्यमा भन्नुभएको छन्, मिडियामा बोलेका छन्।’ प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको कदम खारेज गरेर प्रतिनिधिसभालाई निरन्तरता दिन नसके देशमा चुनाव पनि नहुने, संसद् पनि नहुने र देश प्रतिगमनतर्फ जाने बताए। अन्नपूर्णपोष्टबाट