बैतडी सदरमुकाम सिल
2021/01/10, 6:34
 
corona

कोरोना भाइरस संक्रमणका कारण बैतडीमा एकजनाको मृत्यु भएपछि सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको छ ।   दशरथचन्द नगरपालिका–४ गढी क्षेत्रका केही दिन अधि एक जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा माघ ६ सम्म सिल गरिएको हो।

केही दिनअघिमात्रै  एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको र उनको सम्पर्कमा रहेकामा पनि कोरोना देखिएकाले गढी क्षेत्र आइतबारदेखि माघ ६ सम्म सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए।

गढी क्षेत्रमै अहिले पनि सात जना सक्रिय संक्रमित रहेकाले संक्रमण नफैलियोस् भन्नका लागि सिल गरिएको चन्दले बताए।