
नेकपा (प्रचण्ड–माधव समूह) निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो ।

महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको संयोजक वीरेन्द्र विष्टले जानकारी दिए । विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संसद विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको बताए ।
यो कदम फिर्ता नहुँदासम्म युवा विद्यार्थीले सडक नछाड्ने बस्नेतले बताए । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरीले समेत सम्बोधन गरेका थिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26