
भरुवा बन्दुकसहित ४ जना पक्राउ परेका छन् । बाजुराको बडिमालिका नगरपालिका वडा नम्वर ३ रजालीका ४ जनालाई बन्दुकसहित प्रहरीले प्रकाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जंगली जनावरको सिकार गर्नका लागि गाउँको छानामा राखेको अबस्थामा प्रहरीले बन्दुक बरामद गरेको हो ।

पक्राउ पर्नेमा वडा नम्बर ३ रजालीका ४५ वर्षीय नन्द ल्वार, ४० वर्षीय वीरभाने ल्वार, वडा नम्बर ८ रापकका ३० वर्षीय बलबहादुर थापा र अन्दाजी ३२ वर्षीय डम्बर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32