सुदूरपश्चिमकी आयशा शाक्यलाई स्पेशल अवार्ड
2021/01/12, 5:47
 
aaa

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेका छन् । शाक्य सुदूरपश्चिमकी हुन् । 

मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरेको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । यस्तै उनले आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य जितेकी थिइन् ।

यस्तै सन्तोषीले १३औं सागमा १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई १ मिलिसेकेन्डले पछि पार्दै स्वर्ण जितेकी थिइन् । साग इतिहासमा एथलेटिक्सबाट स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली हुन् ।

सन्तोषीले आठौं खेलकुदमा ५ हजारमा स्वर्ण, १५ सयमा रजत र १० हजार मिटरमा कास्य जितेकी थिइन् । वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण र नेवा च्यारिटी धरान १० किमि रनमा स्वर्ण र कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन् ।