दिगमसिंह चेमजोङ पारा एथलिट अवार्डबाट सम्मानित
2021/01/12, 5:52
 
para

नेपाल खेलकुद पत्रकार मञ्चले दिगमसिंह चेमजोङलाई पारा एथलिट अवार्डबाट सम्मान गरेको छ। विगत दश वर्षमा दिगमसिंले पारा खेलकुदका धेरै खेलमा सहभागिता जनाएका छन्। उनी पारा क्रिकेट टोलीका कप्तान हुन्। त्यस्तै पारा बास्केटबलका मुख्य खेलाडी हुन् भने टेबल टेनिसमा दिगमसिंह स्टार खेलाडी हुन्। 

उनै दिगमसिंहलाई एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा पारा एथलिट सम्मानका रूपमा सम्मान गरिएको हो। नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि पारा एथलिट अवार्डमार्फत खेलाडीलाई सम्मान गरे पनि यसवर्षदेखी उक्त विधालाई पारा एथलिट सम्मान नाम दिइएको छ। दिगमसिंहले ह्विल चियर क्रिकेटमा पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यावसायिक नेपाली पारा खेलाडीको इतिहास रचेका छन्। 

उनले गत वर्ष नेपालमै सम्पन्न एसियाली ह्विल चियर क्रिकेटमा अलराउन्ड प्रदर्शन गरेका थिए। गत वर्ष पोखरामा सम्पन्न पारा टेबल टेनिसमा पनि दिगमसिंहले रजत पदक जितेका थिए।