भलिबलकी अरुणा शाहीले जितिन् पिपुल्स च्वाइस अवार्ड
2021/01/12, 6:10
a

भलिबलकी अरुणा शाहीले यस वर्षको पल्सर स्पोर्टस पिपुल्स च्वाइस अवार्ड जितेकी छन् । उनी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान पनि हुन् ।

ई-सेवा मार्फतको भोटिङ, फेसबुक लाइक, खेलकुद पत्रकार, राष्ट्रिय खेलकुद संघका प्रशिक्षकहरुले दिएको मतको आधारमा शाहीले सार्वधिक मत हासिल गरेर अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले १६० सीसीको पल्सर पनि पाएकी छन् ।

यो अवार्डको मनोनयनमा कराँतेका मण्डेकाजी श्रेष्ठ,बास्केटबलकी सदिना श्रेष्ठ,पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका थिए ।