सुदूरपश्चिमको तराई क्षेत्रमा हुस्सु र शितलहर, पहाडी जिल्लामा हिमपातको सम्भावना
2021/01/15, 9:12

सुदूरपश्चिमको तराई क्षेत्रमा बाक्लो हुस्सु र शितलहरका कारण जनजीवन प्रभावित भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढी सहितका क्षेत्रमा बाक्लो हुस्सु र शितलहरले चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाले भने तराईमा हल्का हुस्सु र कुहिरो मात्र लागेको जनाएको छ ।

सुदूरपश्चिमको तराईका केही भु–भागमा आशिकदेखि सामान्य बदली हुने अनुमान समेत पूर्वानुमान महाशाखाले गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भुभागमा हिमपातको सम्भावना रहेको छ ।
प्रदेशका धेरै भू–भागहरूमा शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55