सुदूरपश्चिमका प्रिन्स दाहाल विश्व वरीयताको तेस्रो स्थानमा उक्लिए
2021/01/15, 4:39
 
prince

सुदूरपश्चिमका प्रिन्स दाहाल ब्याडमिन्टन वर्ल्ड फेडेरेसनको जुनियर तर्फको वरीयतामा शीर्ष तेस्रो स्थानमा उक्लिएका छन् । फेडेरेसनको पछिल्लो वरीयता अनुसार उनी शीर्ष तेस्रो स्थानमा छन् । उनीभन्दा पहिलो नम्बरमा डेनमार्कका म्याड्स जोइल मुलर छन् भने दोस्रो स्थानमा भारतका बरुण कपुर छन् ।

प्रिन्सको जुनियर तर्फको वरियता २ सय बाट शुरु भएर शीर्ष तेस्रोसम्म लगाउन उनको पछिल्लो दुई वर्षको खेल प्रदर्शनले साथ दिएको हो ।

यसैबीच उनले दुबईमा भएको जुनियर सिरिजको नतिजाले मुख्य भूमिका खेल्यो भने त्यसयता पनि उनले एक पछि अर्को सफलता हात पारिरहेका छन् ।

अहिले प्रिन्स नेपालको पनि सिनियर वरीयतामा उक्लन राम्रो प्रदर्शन गरिरहेका छन् । आजमात्रै उनले पुष्पलाल स्मृति र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रभावशाली खेलाडी नविन श्रेष्ठलाई पराजित गरेका छन् ।

उनले अब उनले शनिबार नेपालका पूर्व च्याम्पियन रत्नजित तामाङसँग खेल्दैछन्।