लक्ष्मण थारुले भने, ‘बालुवाटारबाट फैसला लेखेर पठाइयो, विद्रोह गर्छाै’
2021/01/16, 1:15
 
a

टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि विद्रोहमा जाने बताएका छन् । उच्च अदालतको फैसलापछि फरार रहेका थारुले पत्रकार सम्मेलनमार्फत विद्रोहमा जाने तयारी भएको बताएका हुन् । उनले भने, ‘हामी विभिन्न पक्षहरुसंग मिलेर दुई किसिमको विद्रोहमा जाने तयारी गर्दैछौ ।’ उनले कानुनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालमा जाने र सडकमार्फत पनि विद्रोह गर्ने बताए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखर उच्च अदालत पठाईएको बताउँदै भने, ‘न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्छ । अहिले संसद विघटन गरेर ओलीले बेईमानी गरेको आरोप थारुको थियो । उनले सर्तसहित सरकारसंग वार्तासमेत नगर्ने बताए । जिल्ला अदालत कैलालीको आदेशपछि तीन बर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार छन् ।