
कञ्चनपुरकाे पुनर्वासमा जीपकाे ठक्करबाट १३ बर्षिया बालिकाकाे मृत्यु भएकाे छ । आईतबार कञ्चनपुरकाे पुनर्वास नगरपालिका-१ बलभद्रबस्ती स्थित सुकुम्बासी बस्ती बस्ने १३ बर्षिया सुस्मिता सार्कीकाे जीपकाे ठक्करबाट मृत्यु भएकाे हाे ।

धनगढीदेखि बेलाैरी जान लागेकाे काे.१ च ८२७८ नम्बरकाे बाेलेराे जीपले बालिकालाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । जीपकाे ठक्करबाट घाईते भएकी बालिकाको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गाेपाल बाेहराले बताए ।
ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55