प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताः सुदूरपश्चिम विरुद्ध वाग्मती (LIVE )
2021/01/18, 9:24

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

वाग्मती प्रदेशले सुदूरपश्चिम विरुद्ध ब्याटिङ गरिरहेको छ । आजको खेलमा वाग्मती प्रदेश लगातार दोस्रो जित निकाल्ने योजनामा छ । वाग्मतीले विभागीय टोली नेपाल पुलिसलाई आइतबार सहजै पराजित गरेको थियो । यता, प्रतियोगिताको पहिलो खेल खेल्न लागेको सुदूरपश्चिम आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ ।
समूह ‘बी’ मा रहेको वाग्मतीले २ अंक जोडेको छ । वाग्मती तालिकाको शीर्ष स्थानमा छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39