बाजुरामा सर्वाधिक धनराशीको भलिवल प्रतियोगिता हुने
2021/01/18, 11:13
 
volleyball

बाजुराको त्रिवेणी नगरपालिकाको दम्थाको खेल मैदानमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ।  नेपाली काँग्रेसका युवा नेता स्वर्गीय डबल कटुवालको दोस्रो बार्षिक पुण्य तिथीको अवसर पारेर त्रिवेणी नगरपालिकाले सो भलिबल प्रतियोगिताको आयोजना गरेको हो।

डबल कटुवाल स्मृति प्रतिष्ठानले हरेक बर्ष प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । महिला तथा पुरुष भलिबल प्रतियोगिता यही माघ ८ गतेदेखि सुरु हुने भरत बुढाले जानकारी दिए।  उनले पुरुष तर्फ विजेताले १ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ धनराशीको पुरस्कार पाउने र महिला तर्फ विजेताले ४५ हजार १ सय ११ रुपैया पुरस्कार पाउने बताए ।

महिला तर्फ द्धितीय पुरस्कार २५ हजार १ सय ११ र पुरुष तर्फ द्धितीयले ८१ हजार १ सय ११ सँगै ट्रफी प्रमाणपत्र प्राप्त गर्ने छन्। अहिलेसम्मकै सर्वाधिक धनराशीको भलिवल प्रतियोगिता भएको आयोजकको दावी छ।