सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य
2021/01/18, 1:11
 
a

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि ३ सय रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनायो ।

बागमतीका लागि पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आदील खानले ६३ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोडे । पारस खड्का २० र आकाश थापाले १३ रन बनाए ।

इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे । सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए । भोजराज भट्ट र सन्तोष भट्टले २र२ विकेट लिए ।

आज बागमती प्रदेश लगातार दोस्रो जितको खोजीमा रहेको छ । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

आइतबार भएको खेमा बागमतीले पुलिसमाथि ७ विकेटको जित निकालेको थियो । समूह ुबीु मा रहेको बागमतीले २ अंक जोडेको छ । बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिमको भने यो पहिलो खेलमा हो ।