कैलालीको जानकी गाउँपालिकाको एकै क्वारेन्टाईनमा रहेका ७ जनामा कोरोना संक्रमण (भिडियो सहित)
2020/05/31, 7:40

कैलालीको जानकी गाउँपालिकाको एकै क्वारेन्टाईनमा रहेका ७ जनामा कोरोना संक्रमण देखिएको छ । सरस्वती माविको क्वारेन्टिनमा रारहेका ४५ जना मध्ये ७ जनामा कोरोना संक्रमण भएको हो ।

यस अघि ६ जना संक्रमित रहेकोमा थप एक जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको सङख्या ७ पुगेको हो । यसअघि जेठ ९ गते सोही क्वारेन्टाईनमा रहेका तीन जना, १२ गते एक जना र १५ गते एक जनामा कोरोना पुष्टि भएको थियो ।
७ जना संक्रमित मध्ये पाँच जना भारतबाट आएका हुन् भने एक जना ईटहरी र एक जना बाँकेबाट जानकी गाउँपालिका पुगेका हुन् । ७ जना संक्रमित भएपछि अव सो क्वारेन्टाईनमा ३८ जना रहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले जानकारी दिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44