
बाजुरामा ३ वटा घरेलु बन्दुकसहित एक जना पक्राउ परेका छन । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाबाट घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका सुदाडाकै लालबहादुर सेजुवाल बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजीत महराले बताए । सेजुवाललाई पक्राउ गर्दै घर नजिकैको भैसी गोठमा लुकाएको अवस्थमा ३ वटा घरेलु बन्दुक बरामद गरिएको प्रहरी नायब उपरीक्षक सेजुवालले बताए ।
निजलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सोही ठाउँबाट अज्ञात जंगली जनावरको छाला समेत बरामद गरेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00