
लेकम गाउँपालिका प्रबक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले पदबाट राजिनामा दिएका छन । वडा अध्यक्ष जोशीले बुधबार लेकम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विरबहादुर ऐर समक्ष राजिनामा बुझाएका हुन ।

प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर ऐरले भने वडाध्यक्ष जोशीले आफूलाई राजिनामा पत्र बुझाएको र आफुले यो आफ्नो कार्यक्षेत्र नभएकोले गाउँपालिका अध्यक्षलाई पत्र बुझाउन भनेको बताए । वडाध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि अपशब्द प्रयोग गरेको आरोप लागेको छ ।
यसअघि वडा अध्यक्ष जोशी माथि सेवाग्राहीले दिएको सिफारिस च्यातेर फालेको र मदिरा सेवन गरि अपशब्द प्रयोग गरि गाली–गलोैज गरेको आरोप लागेको थियो ।

2025/05/08, 7:58
2025/05/08, 7:57
2025/05/08, 7:50
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/13, 2:45
2022/05/26, 2:18
2020/09/03, 8:08