
कैलालीको गोदावरी नगरपालिका– ३ को चौकिडाडाँमा जीपले मोटरसाईकल र साईकललाई ठक्कर दिदाँ चार जना घाईते भएका छन ।

अत्तरियाबाट महेन्द्रनगर तर्फ गईरहेको सुपप्र ०१ ००९ प १७६० नम्बरको मोटरसाईकल र सोही दिशाबाट गईरहेको साईकललाई विपरित दिशाबाट आईरहेको बा १० च ६०६४ नम्बरको कारले ठक्कर दिदाँ चार जना घाईते भएका हुन ।

घाईते चारै जनालाई पदमा अस्पतालमा ल्याईएको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको पदमा अस्पतालले जनाएको छ । घाईतेहरुको परिचय भने खुल्न सकेको छैन । जीपले टिप्परलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानीय लेखकराज जोशीले बताए ।
जीप चालक भिमदत्त नगरपालिका १८ का थानेश्वर तिवारी सहित जीप र टिप्परलाई नियन्त्रणमा लिईएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55