धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता हुने
2021/01/21, 8:45
penalty

धनगढीमा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । हालै गठन भएको द बैयावेहडी युवा क्लबको आयोजनामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माविको खेल मैदानमा माघ १० गते शनिबार हुने पेनाल्टी सुटआउट प्रतियोगिताको तयारी सकिएको द बैयाबेहडी युवा क्लबका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । 

प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई नगद पाँच पाँच हजार दिईनेछ ।