भीम रावलले भने, ‘केपी सरकार होईन किर्ते सरकार हो’
2021/01/24, 3:25
 
b rawal

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल समूह) का सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको सरकार केपी सरकार नभएर किर्ते सरकार भएको आरोप लगाएका छन् । आइतबार नेकपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले यस्तो आरोप लगाएका हुन् । ‘प्रधानमन्त्री जीले राष्ट्रपतिलाई पत्र लेख्दा पनि संविधानको धारा कुनै उल्लेख गरेका छैनन्,’ रावलले भने, ‘राजपत्रमा पनि नक्कली रुपमा पहिलेको मिति राखिएको छ । सरकार आफैँ किर्ते काम गर्ने । अब केपी सरकार होईन किर्ते सरकार हो ।’

उनले प्रतिनिधिसभा विघटनपछि बहुमत सदस्य रहेको आफ्नो पक्ष नै आधिकारिक भएको बताउँदै निर्वाचन आयोगले पनि बहुमत सदस्यको पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीको कदमविरुद्ध माघ १७ गते धनगढीमा विरोध सभा गर्ने पनि रावलले जानकारी गराए । उनले प्रतिनिधीसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न पुष्पकमल दाहल प्रचण्ड र माधवकुमार नेपाल धनगढी आउने बताए । यसअघि धनगढीमा नेकपा (ओली समूह) ले धनगढीमा सभाको आयोजना गरेको थियो । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका थिए ।