धनगढीका पत्रकार श्रेष्ठमाथि मालपोत कार्यालयका प्रमुखद्वारा दुर्व्यवहार
2021/01/25, 11:30

मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले अपशब्द प्रयोग गर्दै पत्रकारमाथि हातपात गर्न खोजेका छन् । रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकारका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठलाई कार्यालय प्रमुख केसीले दुव्र्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।

मालपोत कार्यालय कैलालीमा कर्मचारीद्धारा मनपरी रुपमा आसेपासेलाई सुटुक्क सेवा दिईरहेको भन्ने सूचना पाएलगत्तै पत्रकार श्रेष्ठ मालपोत कार्यालयमा पुगेका थिए । “कर्मचारीद्धारा भएको कमजोरीका विषयमा बुझ्न कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा उनि घाम तापेर बसीरहेका थिए,’ उनले भने, ‘हामी कार्यकक्षमा प्रवेश गरिसकेपछि प्रमुख कार्यकक्षमा आएका हुन् ।’ पत्रकार श्रेष्ठमाथि भएको दुव्र्यवहारको चौतर्फी विरोध भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55