धनगढी : धनगढीको निसर्ग अस्पतालमा तिम्ल्याह शिशुको जन्म भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की २५ बर्षीय सजनदेवी डगौराले २ छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। तीनै शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार एक छोराको तौल २६ सय ग्राम, अर्को छोराको २३ सय ग्राम र छोरीको २१ सय ग्राम रहेको छ। डगौराको यो दोस्रो गर्भ थियो। पहिलो सन्तानको मृत्यु भईसकेको छ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/06/24, 6:17
2021/07/06, 2:03
2022/03/11, 1:15
2023/04/08, 12:41