
धनगढीमा राजसंस्था र हिन्दु राज्यको माग राख्दै प्रदर्शन गरिने भएको छ । धर्म साझा, देश साझा र राजा साझा भन्ने अह्वानका साथ धनगढीमा बिहिबार प्रदर्शन हुने भएको हो ।

धनगढीको बुद्धचोकबाट सुरु हुने ¥यालीमा राष्ट्रिय झण्डाको प्रयोग गरिने र सहभागिताका लागि सबै देशभक्त नागरिकहरुलाई बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत अनुरोध गरिएको छ ।
जनदबाब र आन्दोलनबाट वर्तमान व्यवस्थाको विरोध गरी नेपालमा राजसंस्था सहितको हिन्दु अधिराज्य कायम गर्नका लागि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनका क्रममा कार, मोटरसाइकल र पैदल ¥याली निकालिने आयोजकका तर्फबाट ललित जोशीले जानकारी दिए ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57